५ श्रावण २०८३, मंगलबार | July 22, 2026

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने



काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर-जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निषेधाज्ञाका कारण सञ्चालन गर्न पाइएको छैन ।’

मन्त्रालयले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेलाई एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा रेल चलाउने जिम्मा दिएको हो । कम्पनीले २६ मुख्य प्राविधिक ल्याएर एक वर्षसम्म सञ्चालन गर्ने जनाइएको छ । नेपाल जनकपुरदेखि भारत जयनगरसम्म सञ्चालनका लागि आठ महिनाअघि ल्याइएको रेल पालले छोपेर राखिएको छ ।

सरकारले सञ्चालनका लागि कानुनी बाध्यता फुकाउन रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरे पनि कोरोना बाधक बनेको छ । रेल सञ्चालनका लागि पटक-पटक समय तोक्दै आएकोमा जनशक्तिदेखि कानुन अभावलगायत कारण सञ्चालन हुन नसकेको हो ।

भारतबाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक गत चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो ।

रेल सञ्चालनका लागि सो रेल बसेर र उभिएर गरी १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु सक्ने अट्ने क्षमताको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन व्यवस्थासहित सरकारले असोजमा १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट दुई रेल ल्याएको थियो । राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ५७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं