७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना



काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो ।

पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा संक्रमण र २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । यसअघि, भारतमा दैनिक झन्डै २ लाखसम्ममा संक्रमण देखिने गरेको थियो । त्यस्तै, बंगलादेशमा पछिल्लो तथ्यांकअनुसार एकै दिन १२ हजार ७ सय २४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ । श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र चार जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७ सय ४ जनामा संक्रमण देखिँदा दुईको मृत्यु भएको छ ।

पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ । भुटानमा एकै दिन ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख १ हजार ८ सय ३९ जना संक्रमित रहेका छन् । बिहीबार ५ हजार ९ सय ४ संक्रमित निको भएका छन् । ८ सय ३१ क्वारेन्टाइनमा छन् । हाल, देशभरका अस्पतालमा १ हजार ४ सय ४४ आईसीयू र ३ सय ९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय २१ आईसीयू र ५७ भेन्टिलेटर, प्रदेश २ मा १ सय १३ आईसीयू र २२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २६ आईसीयू र २ सय ५६ जना भेन्टिलेटरमा छन् । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : ०१ बजे

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ