७ कार्तिक २०८३, शनिबार | October 25, 2026

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको अपिल



 

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले संयुक्त अपिल जारी गरी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल समेत उच्च जोखिममा रहेकाले प्रधानमन्त्री केपी शर्मा वलीले सम्बोधन गरेअनुसार सार्वजनिक नीजि सेवा प्रदायक संस्थाहरुले नेपाल राजपत्रमा प्रकाशित भएका अत्यावश्यक बाहेकका सेवा आजैदेखि यहि चैत २१ गतेसम्मकालागि बन्द गर्न उद्योगी व्यबसायीलाई आग्रह गरेको हो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा र रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीद्वारा हस्ताक्षरित संयुक्त अपिलमा ‘बाचौं र बचाऔं’को अभियान सहित आ–आफ्नो क्षेत्रमा खाद्यान्न, औषधी तथा स्वास्थ्य सेवालाई निरन्तरता दिन र अन्य व्यबसाय बन्द गर्न अपिल गर्दछौं, भनिएको छ ।

त्यस्तै अत्यावश्यकीय बस्तुको बिक्रि वितरण गर्दा उपभोक्तासंग निश्चित दुरी कायम गरि बिक्रि बितरण गर्न र स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न समेत आग्रह गरिएको छ । त्यसैगरी अत्यावश्यक खाद्यान्न, औषधी मास्क, सेनीटाईजर लगायतका सामाग्रिहरु बिक्रि बितरणलाई प्रभावकारी रुपमा आम उपभोक्तालाई सेवा प्रदान गर्न समेत अपिल गरिएको छ ।

अत्यावश्यक सामाग्रिको अनुचित भण्डारण नगर्न तथा उपभोक्ताले समेत आवश्यकता भन्दा बढी सामानको खरिद नगर्न आग्रह गर्दै अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने तथा स्वासप्रस्वासमा समस्या आएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

हार्डवयर व्याबसायिक प्रतिष्ठान बन्द गर्न संघको आग्रह

साथै रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघले व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ ।
संघले सोमबार एक विज्ञप्ती प्रकाशित गरि विषम परिस्थितीमा सरकारलाई सहयोग गर्ने दायित्व सबैको भएको बताउँदै यो भाईरसबाट आफू पनि बँच्न र अरुलाई पनि बचाउनकालागि सेचत रहेन आग्रह गरेको हो ।

संघका अध्यक्ष सुनिल मरासिनीले जारी गरेको विज्ञप्तीमा मंगलबारदेखि परिस्थिती सहज नहुँदा सम्मकालागि व्यबसायिक प्रतिस्ठान (हार्डवयर पसल) बन्द गरि सहयोग गर्नकालागि आग्रह गरिएको हो । त्यस्तैगरी निर्माण सम्बन्धि काम गर्ने निर्माण व्यबसायीहरुलाई समेत उक्त कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ०२ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र