२२ बैशाख २०८१, शनिबार | May 5, 2024

फिफा विश्वकप छनौट : आज नेपाल जोर्डनसँग भिड्दै



काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९:४५ बजे शुरू हुनेछ ।

जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । तर जोर्डनलाई जित्न नेपाललाई त्यति सजिलो भने छैन । यसअघिका तीन भेटमा दुईमा हार र एक बराबरी खेलेको नेपाल तुलानात्मक हिसावले कमजोर छ ।

तथापि अघिल्लो खेलमा चाईनिज ताईपेइलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।

नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : २० बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै