२० मंसिर २०८२, शनिबार | December 6, 2025

सेवानिवृत कर्मचारीको पेन्सन बैंक खातामा



काठमाडौं । सेवानिवृत राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तभरण रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा आउने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट प्रणालीबाट यो कार्य शुरु गरेको हो ।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवानिवृत कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागु गर्न ठूलो सहयोग पुग्नेछ ।

उनका अनुसार निवृत्तभरण व्यवस्थानमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित वितृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ ।

निवृत्तभरण पाउने व्यक्तिले समेत अब छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : ११ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास