८ कार्तिक २०८३, आइतबार | October 25, 2026

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै



धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदैछन् । आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।

आइतबार नेकपा एमालेका सांसद पठान सिंह बोहोराले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीलाई विश्वास नरहेको बताएका थिए । त्यसपछि भट्टले सोमबार नै विश्वासको मत लिने योजना बनाएका थिए । तर नियमानुसार सोमबार नमिलेपछि भट्टले आज विश्वासको मत लिन लागेका हुन् ।

बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताएका छन् ।

प्रदेशसभा सचिवालयले यसका लागि सबै तयारी गरिकेको छ । विश्वासको मतको पक्ष, विपक्ष र तटस्थमा छुट्टाछ्ट्टै मत खसाल्ने व्यवस्था मिलाइएको छ ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ मत हासिल गर्नुपर्छ । प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका सभामुखबाहेक २४ सांसद रहेका छन् ।

एमालेभित्र मुख्यमन्त्रीलाई समर्थन नगर्ने र गर्ने विषयमा विवाद छ । पार्टी केन्द्रमा देखिएको विभाजनको असर प्रदेशसभा संसदीय दलमा पनि परिसकेका छ । माधव नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई समर्थन दिने जनाएको छ । नेपाल पक्ष सरकारमा सहभागी छ । तर, पार्टीको संस्थापन ओली पक्षले भने समर्थन फिर्ता लिएको छ । माधव पक्षमा १५ जना सांसद रहेका छन् । ओली पक्षमा ६ जना रहेका छन् । पहिला माधव पक्षमा रहेका ३ जना सांसद अहिले पार्टी विवादमा तटस्थ रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : ४४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको