२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको ३० मत प्राप्त गर्दै भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । विपक्षमा जम्मा ९ मत परेको छ ।

५२ सदस्यीय प्रदेशसभामा १२ जना सभासद अनुपस्थित रहेका थिए । विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । भट्टलाई आफ्नो पार्टी माओवादी केन्द्रको १३ मत र एमालेको १७ मत परेको छ ।

एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजना सांसदले विपक्षमा मतदान गरेका छन् । मतदानमा कांग्रेसले भने भाग लिएन ।

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद, तथा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री भट्ट सरकारले स्थायित्व पाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १२ : २५ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ