२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रमुख प्रतिपक्षी दलको हैसियत कायमै राख्न मुख्यमन्त्री भट्टलाई दिएन कांग्रेसले भोट



धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत हासिल गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा  १३ जना मात्र सांसद रहेको माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले नेकपा एमालेको १७ मत पाएर विश्वासको मत पाएका हुन् ।

केन्द्रमा माओवादी केन्द्र र र कांग्रेस सहितको गठबन्धन बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दाबी गर्दै माओवादीसहितका पाँच दलका सांसदहरुले हस्ताक्षर गरेका छन् । सबै विपक्षी दलहरु एक भएर सर्वोच्च अदालतमा पनि मुद्दा हालेका छन् ।

केन्द्रमा समीकरण बन्दा पनि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत माग्दा कांग्रेसले किन पक्षमा मतदान गरेन ? सबैले प्रश्न उठाउने ठाउँ छ । कांग्रेसले भने सोचे सम्झेर भट्टलाई विश्वासको मत नदिएको छ ।

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा कायमै रहन मुख्यमन्त्री भट्टलाई मतदान नगरेको हो । संकट परेमा मात्र भट्ट सरकार जोगाउने रणनीति बनाएको कांग्रेसले एमालेले नै सरकारलाई समर्थन गरेपछि मतदान गरिरहनु नै परेन ।

एमालेले मतदान नगरेको भए कांग्रेसले पक्षमा मतदान गथ्र्यो, त्यतिबेला कांग्रेस सत्तापक्ष बन्थ्यो र प्रमुख प्रतिपक्षी दलको हैसियत खोसिन्थ्यो । तर, एमालेले संसदीय दलको बहुमतले पार्टी केन्द्रको निर्देशन विपरित गएरै भएपनि सरकारलाई टिकाइदिएको छ । त्यसको फाइदा कांग्रेसलाई पनि भएको छ । यदि, एमालेले सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हुन्थ्यो भने कांग्रेसले हाल खाइपाई आएको प्रमुख प्रतिपक्षी दलको हैसियत एमालेमा पुग्थ्यो ।

त्यसैलै कांग्रेसका १२ जना सांसदहरु भट्टलाई मत नदिई तटस्थ बसे ।

 

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १ : २२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त