१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बजारमा सिटामोलसम्म पाउन सकस



काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् ।

पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।

नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् ।

नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् ।

‘नेपाली उद्योगलाई विश्वासमा लिएर चा“डोभन्दा चा“डो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’

भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड छ । यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : ०६ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार