३ पुस २०८२, बिहिबार | December 19, 2025

बासगढी स्वस्थ्य केन्द्रलाई सिजिको २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



बुटवल । ब्यवसायिक घराना सिजि फुड्स ईन्टरप्राईजेज प्रालि, कर्णाली प्रदेशले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार बासगढी स्वस्थ्य केन्द्रलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बिच प्रालिको बर्दियाका कम्पनी प्रमुख राजिवसिह राजपुत, बासगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारी, ईलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख बिरेन्द्र सिह थापाले जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीमार्फत सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा प्रालिका बर्दिया कम्पनी प्रमुख राजिवसिह राजपुतले चौधरी फाउण्डेसन ब्यवसायसंगै विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको बताए । दोस्रो चरणको संक्रमणमा अक्सिजन अभाव देखिएको बेला सिजिमार्फत देशभरका सात प्रदेशका स्वस्थ्य क्षेत्रमा स्वस्थ्य सामग्री हस्तान्तरण अघि बढाएको उनले बताए ।

कोभिड १९ को संक्रमणसंगै निशेषाज्ञा बढ्दा आम नागरिकको जिवनमा समस्या बढेको उनले दुखेसो गरे । सिजिमार्फत देशभरका विभिन्न स्वस्थ्य केन्द्रहरुमा स्वस्थ्य सामग्री हस्तान्तरणको काम भैरहेको उनले बताए ।

जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले महामारीको वर्तमान समयमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । अक्सिजन चरण अभावका कारण धेरैको ज्यान गएको स्मरण गर्दै पछिल्लोसमय स्थिति नियन्त्रणमा आएको उनले बताए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, नगर स्वस्थ्य प्रमुख गीता घिमिरे, वडा नं. ३ का वडाअध्यक्ष प्रेम पौडेल, स्थानिय युवा क्लबका अध्यक्ष विकास सुवेदीले कोभिडको विपदमा समेत सहयोग अगाडी बढाएकोमा सिजि परिवारप्रति आभार ब्यक्त गरे । यसअघि सिजिमार्फत जिल्ला कार्यालयलाई १० हजार थान मास्क र सेनिटाईजर समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : १५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको