३ पुस २०८२, बिहिबार | December 19, 2025

हात धुने बानीले कम हुन्छ कोरोनाको संक्रमण फैलने सम्भावना



एजेन्सी । अहिले विश्वभर कोरोना भाइरस (कोभिड– १९)को संक्रमणले त्रासको वातावरण सिर्जना भएको छ । यसलाई मध्यनजर गर्दै यससम्बन्धमा विभिन्न खोजहरु पनि भएका छन् ।

यसैबीच एक अध्ययनले नियमित हात धुनेका तुलनामा हात नधुनेमा यो भाइरसको संक्रमण फैलने सम्भावना बढी हुने देखाएको छ । सो अध्ययनले नियमित रुपमा हात धुनाले संक्रमण फैलन सक्ने सम्भावनालाई कम गर्न सकिने देखाएको हो ।

जहाँ नियमित रुपमा हात धुने बानी गरिएको छैन त्यहाँ यो भाइरस फैलने सम्भावना बढी पाइएको छ । बर्मिंघम विश्वविद्यालयका शोधकर्ताका अनुसार ट्वाइलेटको प्रयोग गरेपछि नियमित रुपमा हात नधुनेहरुमा यस्तो सम्भावना बढी पाइएको छ ।

यस्तो संख्या चीनमा ७७ प्रतिशत, जापानमा ७० प्रतिशत, दक्षिण कोरियामा ६१ प्रतिशत तथा नेदरल्यान्डमा ५० प्रतिशत रहेको जनाइएको छ ।

बर्मिंघमका बिजनेस स्कुलका प्राध्यापक गना पोगरबेनाका अनुसार जुन देशका मानिसहरुमा नियमित रुपमा हात धुने बानी छैन त्यहाँ कोरोना भाइरसको संक्रमण फैलने सम्भावना बढी हुन्छ ।

उनले कोरोनाभाइरसको संक्रमण फैलनबाट नियन्त्रणका लागि पटक पटक कम्तिमा २० सेकेन्ड नियमित रुपमा साबुन पानीले हात धुनु आवश्यक छ । उनले व्यक्तिगत स्वभाव बदल्न जरुरी रहेको पनि उल्लेख गरेका छन् ।

नियमित रुपमा हात नधुनेहरुको संख्या बढी भएको मुलुकमा यस्तो संक्रमण बढी फैलिएको बताइएको छ ।

शोधका अनुसार नियमित हातधुनेहरुको संख्यामा सबैभन्दा अगाडि साउदी अरब छ । जसमा ३ प्रतिशतले मात्र नियमित हात धुँदैनन् । त्यस्तै अमेरिकामा २३ प्रतिशत, ब्रिटेनमा २५ प्रतिशत, हङकङमा ४० प्रतिशत, मलेसियामा ४३ प्रतिशत, इटालीमा ४३ प्रतिशत, केन्यामा ४८ प्रतिशत तथा थाइल्यान्डमा ४८ प्रतिशत मानिसहरुले नियमित रुपमा हात नधुने गरिएको सो शोधमा उल्लेख छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : १२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको