१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

के भिटामिन सीले कोरोना निको पार्नसक्छ ? अनुसन्धानकर्ताहरु सफलताको नजिक



एजेन्सी । विश्वभर त्राहिमाम मच्चाएको कोरोना भाईरसको औषधी पत्ता लागउने क्रम अहिले पनि जारी नै छ । यो क्रममा विश्वका कतिपय वैज्ञानिकहरुले सफलताको नजिक पुगेको पनि बताईरहेका छन ।

त्यस्तै एक प्रयोग अमेरिकामा पनि गरिएको छ । कोरोना भाईरस संक्रमित विरामीहरुलाई भारी मात्रामा भिटामिन सी दिएर उपचारको नयाँ प्रयास गरिएको हो । भिटामिन सीले विरामीलाई कोरोनासंग लड्न सक्ने क्षमता दिने सकारात्मक परिणाम आएको तथ्य पनि अमेरिकी चिकित्सकहरुले फेला पारेका छन ।

अमेरिकाको लंग आईल्याण्डस्थित नर्थवेल्थ हेल्थ सेवासंग सम्बन्धित फोक्सो, श्वासप्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डा.एण्ड्र्यु जी वेबरले कोरोना पीडित विरामीलाई १५ सय मिलिग्राम ईन्ट्रावेनस भिटामिन सी दिएको बताए ।

कोरोना संक्रमित बिरामीलाई दिइएको यो मात्रा अत्यधिक हो । यो मात्रा अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानद्वारा निर्देशित मात्रा भन्दा १६ गुणा बढी हो । संस्थानले बयस्क पुरुषकालागि ९० मिलिग्राम र बयस्क महिलाका लागि ७५ मिलिग्रामको डोज निर्धारित गरेको छ ।

कोरोना संक्रमित विरामीहरुमाथी गरिएको यो प्रयोग चीनमा गरिएको प्रयोगमा आधारित रहेको डा.वेबरले बताए । अधिक मात्रामा भिटामिन सी दिइएका विरामीहरुको अवस्था भिटामिन नदिईएका बिरामीहरुको तुलनामा धेरै राम्रो रहेको डा. वेबरको खोजले पत्ता लगाएको छ ।

डा. वेबरले भने, ‘अत्यधिक मात्रामा दिईएको भिटामिन सीले विरामीलाई कोरोना भाईरससंग लड्न सघाएको देखियो । तर यो उपचार विधिले कोरोना निदानका लागि औपचारिक मान्यता पाइसकेको छैन । त्यसैले यो विधि उपचारको उपायका रुपमा स्थापित भएको छैन ।’

कोरोना भाईरस संक्रमितहरुमा भिटामिन सीको प्रयोग १४ फेब्रुअरीमा चीनको वुहानस्थित झोंगसान अस्पताल मातहतको माहामारी उपचार केन्द्रमा पनि गरिएको थियो । त्यहाँ गरिएको भिटामिन सीको प्रयोगबाट सकारात्मक तथ्य हात लागेको चिनियाँ चिकित्सकहरुले बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ३७ बजे

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना