१६ बैशाख २०८१, आइतबार | April 28, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा विश्वासको मत हासिल



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् ।

गण्डकी प्रदेशसभामा शुक्रबार भएको मतदानमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत हासिल गरेका हुन् । पोखरेलको पक्षमा ३१ मत परेको छ । विपक्षमा २७ मत परेको छ ।

पोखरेललाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाले मतदान गरेका छन् । यस्तै, सत्ताबाहिरबाटै सरकारलाई सघाएको राष्ट्रिय जनमोर्चाका दुई सांसदले पनि विश्वासको मत हासिल गरेका छन् ।

विपक्षमा प्रतिपक्षी नेकपा एमालेका २७ सांसदले मात्र मतदान गरेका छन् । राष्ट्रिय जनमोर्चाका एक सांसदको पद खारेज भएसँगै गण्डकी प्रदेशसभामा हाल ५९ जना सांसद छन् ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिएका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को उपधारा ५ बमोजिम पोखरेललाई जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : २९ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना