६ पुस २०८२, आइतबार | December 21, 2025

ओली सरकार विरुद्धको गठबन्धनलाई थप मजबुत बनाउने कांग्रेस केन्द्रीय समितिको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिँदै थप अन्य दलहरुलाई पनि गठबन्धनमा ल्याउन प्रयास थाल्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउँदै अन्य दलहरुलाईपनि गठबन्धनमा सथमा लिएर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । हाल ओली विरुद्धको मोर्चामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

ओली नेतृत्वको सरकारले लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम गरेको ठहर गर्दै बैठकले लोकतन्त्र र संविधानमा विश्वास गर्ने पार्टीहरू र समूहहरूलाई जोड्दै ओली सरकारका विरुद्ध बृहत्तर एकता कायम गरेर जाने निर्णय गरेको बैठकमा सहभागी एक कांग्रेस नेताले बताए ।

कांग्रेसले २० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले पनि सो निर्णय कायम भएको ठहर गरेको छ ।

बैठकमा कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरूको विषयमा छलफल भएको पनि ती नेताले बताए ।

त्यस्तै, कांग्रेसको आजको बैठकले यस अघिको निर्णय परिमार्जन गर्दै १४औँ महाधिवेशन १६ देखि १९ भदौसम्म गर्ने निर्णय गरेको छ । कांग्रेसले १२ साउनमा गाउँ तथा नगरको वडाको अधिवेशन, १६ साउनमा गाउँपालिकारनगरपालिकाको अधिवेशन, २० साउनमा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचनक्षेत्र भएको जिल्लामा २३ साउन तथा एकभन्दा बढी निर्वाचनक्षेत्र भएको जिल्लामा २६ साउनमा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश अधिवेशन १ र २ भदौमा गर्ने निर्णय गरेको पनि कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १० : २७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको