२ श्रावण २०८३, शनिबार | July 18, 2026

माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलकी सत्या नाडेला नियुक्त



माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलकी सत्या नाडेला नियुक्त
विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् ।

माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रहेका थिए ।

भारतीय मुलका नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत भएकी थिए ।

उनी अध्यक्षमा निर्वाचित भएपनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गर्ने कम्पनीले जनाएको छ ।

माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएका हुन् ।

कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्सले सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए । अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ ।

कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ०१ बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई