१९ असार २०८३, शुक्रबार | July 3, 2026

जसपा यादव पक्षको आरोप : नक्कली बैठक पुस्तिका बनाएर महन्थ ठाकुरले दण्डनीय कार्य गरे



काठमाडौं । जनता समाजवादी पार्टीले कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरले कहिल्यै नपाएको स्पष्ट पारेको छ ।

जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै हुँदै नभएको निर्णय भनि महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा पत्र दर्ता गराएकोमा आपत्ति जनाएका छन् ।

गत पुष ७ गते बसेको कार्यकारिणी बैठकको निर्णय दुवै अध्यक्षको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिसकिएको जनाउँदै विज्ञप्तिमा सो बैठकमा कार्यकारिणी हेरफेर तथा पनुर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने कार्यसूची नभएको र कुनै निर्णय समेत नभएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि २०७८-०३-०१ गते झुठा विवरण लेखि कीर्ते, जालसाझी गरी निर्णय भएको भनि महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् । निर्वाचन आयोग, पार्टी पंक्ति र आम जनतालाई गमुराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय हो ।’

निर्णय नै नभएको विषयलाई निर्णय भनि गरिएको कार्यप्रति खेद व्यक्त गर्दै विज्ञप्तिमा झुठा विवरणद्वारा फैलाइएको भ्रममा नपर्नुहुन र सजग रहन पार्टी पंक्त र जनसमुदायलाई आग्रह गरिएको छ ।

ठाकुर पक्षले अध्यक्ष ठाकुरलाई पुष ५ गतेको कार्यकारिणी बैठकले कार्यकारिणी र पदाधिकारी हेरफेरको एकल अधिकार दिएको दाबी गर्दै आफ् निकट नेताहरुलाई कार्यकारिणीमा थप गरेका थिए । कार्यकारिणीमा आफ्ना मान्छे थपगरेसँगै ठाकुरले त्यसलाई विवरण अद्यावधिक गर्न यही असार १ गते निर्वाचन आयोगलाई पत्राचार गरेका थिए ।

व्यहारिक रुपमा फुटिसकेको जसपाको विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोगले यसअघि जसपाका दुवै पक्षले गरेको कारवाहीलाई अस्वीकार गर्दै साविककै पदाधिकारी कायम रहेको निर्णय गरेपछि यादव पक्षले शुक्रबार आधिकारिकतामा दाबी गर्दै बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरसहित अर्को निवेदन दर्ता गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ०१ बजे

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक