६ पुस २०८२, आइतबार | December 22, 2025

जसपा यादव पक्षको आरोप : नक्कली बैठक पुस्तिका बनाएर महन्थ ठाकुरले दण्डनीय कार्य गरे



काठमाडौं । जनता समाजवादी पार्टीले कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरले कहिल्यै नपाएको स्पष्ट पारेको छ ।

जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै हुँदै नभएको निर्णय भनि महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा पत्र दर्ता गराएकोमा आपत्ति जनाएका छन् ।

गत पुष ७ गते बसेको कार्यकारिणी बैठकको निर्णय दुवै अध्यक्षको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिसकिएको जनाउँदै विज्ञप्तिमा सो बैठकमा कार्यकारिणी हेरफेर तथा पनुर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने कार्यसूची नभएको र कुनै निर्णय समेत नभएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि २०७८-०३-०१ गते झुठा विवरण लेखि कीर्ते, जालसाझी गरी निर्णय भएको भनि महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् । निर्वाचन आयोग, पार्टी पंक्ति र आम जनतालाई गमुराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय हो ।’

निर्णय नै नभएको विषयलाई निर्णय भनि गरिएको कार्यप्रति खेद व्यक्त गर्दै विज्ञप्तिमा झुठा विवरणद्वारा फैलाइएको भ्रममा नपर्नुहुन र सजग रहन पार्टी पंक्त र जनसमुदायलाई आग्रह गरिएको छ ।

ठाकुर पक्षले अध्यक्ष ठाकुरलाई पुष ५ गतेको कार्यकारिणी बैठकले कार्यकारिणी र पदाधिकारी हेरफेरको एकल अधिकार दिएको दाबी गर्दै आफ् निकट नेताहरुलाई कार्यकारिणीमा थप गरेका थिए । कार्यकारिणीमा आफ्ना मान्छे थपगरेसँगै ठाकुरले त्यसलाई विवरण अद्यावधिक गर्न यही असार १ गते निर्वाचन आयोगलाई पत्राचार गरेका थिए ।

व्यहारिक रुपमा फुटिसकेको जसपाको विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोगले यसअघि जसपाका दुवै पक्षले गरेको कारवाहीलाई अस्वीकार गर्दै साविककै पदाधिकारी कायम रहेको निर्णय गरेपछि यादव पक्षले शुक्रबार आधिकारिकतामा दाबी गर्दै बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरसहित अर्को निवेदन दर्ता गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ०१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको