२३ चैत्र २०८२, सोमबार | April 6, 2026

गृहमन्त्री र सातै प्रदेशका आन्तरिक मामिलामन्त्रीबीच छलफल



काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग छलफल गरेकाछन् ।

सिंहदरबारमा जारी बैठकमा विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल भएको छ । गृहमन्त्री अधिकारीले प्रदेशका मन्त्रीहरूसँग यस विषयमा राय मागेका छन्

मनसुन सुरूभएसँगै देशभर बाढीपहिरोको प्रकोप बढेको छ । सिन्धुपाल्चोकको मेलम्ची, मनाङ लगायतका स्थानमा बाढीपहिरोको प्रकोपले जनधनको क्षति गरेको छ भने तराईका जिल्लामा डुवान र कटान बढ्दो छ ।

गृहमन्त्री अधिकारीले कार्तिक-मंसिरमा घोषणा गरिएको निर्वाचन सुरक्षाको विषयमा आन्तरिक मामिलामन्त्रीहरूको सुझाव मागेका छन् । तर एमालेको नेतृत्व भन्दा अलग रहेका प्रदेश २, गण्डकी, कर्णाली र सुदुरपश्चिमका मन्त्रीहरूले भने चुनाव हुने बिषय नै सन्देहमा रहेको बताएका छन् । प्रतिनिधिसभा विघटन विरूद्ध सर्वोच्च अदालतमा मुद्धा विचाराधीन छ ।

बैठकमा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १ : ४९ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।