१८ माघ २०८२, आइतबार | February 1, 2026

कपिलवस्तुको बाख्रा गोठबाट बन्दुक, गोली र बारुद बरामद



कपिलवस्तु । कपिलवस्तुमा बाख्राको गोठबाट प्रहरीले ठुलो परिमाणमा गोली र बारुद बरामद गरको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिका –८ लोहरौलाबाट प्रहरीले बन्दुक, गोली र बारुद बरामद गरको हो ।

कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीन सय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीन वटा जाल प्रहरीले बरामद गरेको हो ।

हातहतियार लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्ज र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा हातहतियार बरामद गरेको हो ।

उक्त घरका मुली अस्लम मुसलमानको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै सुनसरी, बराह क्षेत्र नगरपालिका २ तेह्रअर्डीको विश्वकर्मा मन्दिर नजिकै झाडीमा बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ३३ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४