८ कार्तिक २०८३, आइतबार | October 26, 2026

लकडाउनको पाचौं दिन : तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने सरकारको निर्णय



काठमाडौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान भित्र्याउन, खाद्य सामग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा गाडी सञ्चालन गर्न सहजिकरण गर्न, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पुर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

समितिले कोलकोत्तादेखि नेपालको भन्सारमा बिन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाइ छुटाउनुको साथै ती सामानहरु उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आव्हान गरेको छ ।

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तिय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरि बाहिर ननिस्कन र दुरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

समितिले सबै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरसको संक्रमणसंग जुध्नका लागि गरिएका प्रयास बारे पनि जानकारी लिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ३० बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको