२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रधानमन्त्री ओलीले गरे समुन्द्रटार–त्रिसूली ३ बी हब प्रसारण लाइनको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको समुन्द्रटार–त्रिसूली ३ बी हब १३२ केभी डबल प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२÷३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिसूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका अनुसार यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरुमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् । २६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ ।

समुन्द्रटार सबस्टेसनमा १३२÷३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मरहरु र ३३÷११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मरहरु जडान गरिएको छ । १३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा बे उपकरणहरु जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणहरुलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ ।

सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत आपूर्ति गरिने भएकोले नुवाकोटको पूर्वी भेगमा विद्युत भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने छ । नेपाल सरकारको लगानी र एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कूल लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मंसिर २०७३ ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

बालुवाटारमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको अर्थ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी, ऊर्जा, जलस्रोत एवं सिंचाइ सचिव देवेन्द्र कार्की,प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलगायतको उपस्थिती रहेकोथियो ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ३६ बजे

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको