१९ असार २०८३, शुक्रबार | July 3, 2026

कोटेश्वर पुगेर नेपाललाई भेटे ओली निकट नेताहरुले



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

नेता नेपालसँग छलफल गर्नका लागि ओली पक्षधर विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा उनीहरुले नेता नेपालसँग अदालतमा रहेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । हस्ताक्षर फिर्ता भए पार्टी एकता मिलाउन सहज हुने भन्दै उनीहरुले त्यसका लागि अध्यक्ष ओलीसँग थप छलफल गर्न समेत नेपाललाई आग्रह गरेका थिए ।

तर नेपालले भने हस्ताक्षर फिर्ताबारे केही नबोली साथीहरुसँग सल्लाह गरेपछि खबर गर्ने भन्दै उनीहरुलाई फिर्ता पठाएका छन् ।
ओली पक्षका वार्ताकारहरुसँगै नेपाल पक्षका घनश्याम भुसाल पनि कोटेश्वरमै पुगेका थिए ।

नेपाल पक्षको असहमतिका बीच बसेको एमालेको १३औं केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित २३ जना सांसदहरुलाई भोलि सोमबार साँझ ५ बजेसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । तर, नेपाल पक्षले भने अवैध महाधिवेशन आयोजक कमिटीको नाम फेरेर बसेको केन्द्रीय कमिटी नै अवैध भएको भन्दै त्यसले दिएको निर्देशन पालना गर्न बाध्य नभएको प्रतिक्रिया जनाएको छ । बैठक समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै सर्वोच्चको फैसला आउनेबेलासम्म हस्ताक्षर फिर्ता नगर्नेहरु एमाले रहन नसक्ने चेतावनी दिँदै अब कित्ताकाट प्रष्ट भैसकेको बताएका थिए ।

दुवै तिरका मुख्य नेताहरु आआफ्नो ढिटमा कायम रहेपछि पार्टी एकता वचाउन समस्या भएको ठहर गर्दै दोस्रो तहका नेताहरुले निरन्तर छलफल गरिरहेका छन् । शनिबार पनि समिट होटलमा दुवै पक्षका ६ नेताहरुबीच छलफल भएको थियो ।

सर्वोच्च अदालतमा रहेको हस्ताक्षरलाई सहमतिका लागि सर्त नबनाउने दुवै पक्षका नेताहरुबीच सहमति भएको थियो । तर बालुवाटारमा अध्यक्ष ओलीले एकाएक हस्ताक्षरलाई शर्त बनाउँदै पार्टी नेतृत्वको सरकार विरुद्ध गठबन्धन बनाउनेहरुलाई थप कुनै जिम्मेवारी दिन नसक्ने चेतावनी दिएपछि एमालेको एकता प्रयास थप खल्बलिएको छ ।

भोलि साँझसम्म हस्ताक्षर फिर्ता नगर्नेलाई तत्कालै कारवाही गरिहाल्नुपर्ने कट्टरपन्थी मत ओली समुहका ओलीसहित केही नेतामा रहेको छ भने ओलीसँग अब मिल्नै सकिँदैन भन्ने कट्टरपन्थी मत नेपाल समुहका नेपालसहित केही नेतामा रहेको छ । जसका कारण पार्टी एकता वचिरहोस भनेर प्रयास गरिरहेका नेताहरु भने निरास बनेका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : ५० बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा