७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देही स्थित नमस्ते एकेडेमी अव ब्रिटिस कलेजको ब्यवस्थापनमा संचालन हुने



काठमाडौँ । काठमाडौँको थापाथली स्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको रुपन्देही स्थित नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो ।

स्थापनाकाल देखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दावी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलका अनुसार नमस्ते एकेडेमीपनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले गर्दा आगामी दिनमाअझै राम्रो शिक्षा प्रदान गरिने बताए ।
टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको ब्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।

नमस्तेको ब्यवस्थापन टीबीसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तनहरुहुने भएका छन् । लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको ब्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उदेश्यले कार्यक्रमहरु थप गरेको हो ।

यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक ब्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ ।

‘हाम्रो उदेश्य भनेको गुणस्तरिय र परिमार्जित शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु हो । नेपाली समुदायमा गुणस्तरिय सेवा प्रदानगर्नु हो । लुम्बिनी प्रदेश मै उत्कृष्ट अंग्रेजी भाषाको शैक्षिक संस्थाको रुपमा उभ्याउनु हो’ एकेडेमिक डाइरेक्टर बार्थोलोमेउले भने, ‘हामी ज्ञानसँगै अतिरिक्त क्रियाकलापहरु खेलकूद, कला तथा अन्य चाहिने सुविधाहरु प्रदान गरेर विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनाउन कटिबद्ध छौं । नमस्ते मा विद्यार्थीहरुले प्रयोगात्मक ज्ञानहरु पाउनेछन् ।’

त्यस्तै, नमस्तेले जारी शैक्षिक सत्रबाट कक्षा ११ को पढाई समेत संचालनमा ल्याएको छ । विज्ञान तथा ब्यवस्थापन विषयमाकक्षा ११ को पढाई सुरुभएको छ । गुणस्तरिय शिक्षा प्रदानगर्न कटिबद्ध नमस्तेमा भर्ना गर्न तथा गराउन इच्छुकप्ले ग्रुप (पीजी) देखिकक्षा ११ सम्मका विद्यार्थी तथा अभिभावकहरुले चाँडै सम्पर्क समेत एकेडेमीले अनुरोध गरेको छ ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपाल सहित लण्डन तथा दुवाईमा पनि कलेजहरु संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ७ : ०४ बजे

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा