६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

नन्दन वनमा ७ सय वृक्षारोपण



बुटवल । शनिबार लायन्स क्लब बुटवल खस्यौलीले वृहत वृक्षारोपण कार्यक्रम गरेको छ ।

लायन्स कलब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खस्यौली, लियो क्लब अफ बुटवल खसौली युथ, लियो क्लब अफ सैनामैना, लियो क्लब अफ लर्ड बुद्ध र लियो क्लब अफ सिमसारको संयुक्त पाच वटा लियो क्लबहरुको सहकार्यमा कपिलवस्तु, बाड्गङा न.पा. वार्ड न. २ नन्दन वन, कैलास आश्रम (श्री मनकामना संस्कृत बिधापिठ) परिसरमा सात सय विभिन्न किसिमका बिरुवा रोपेका हुन ।

कार्यक्रम लायन्स क्लब अफ बुटवल खस्यौलीका बर्ष २०२१/२०२२ का अध्यक्ष बिष्णु प्रसाद उपाध्यायले क्लबको वार्षिक कार्यक्रम अन्तरगत यसवर्ष वृहत रुपमा वृक्षारोपण गरिएको बताए । आदरणीय गुरु १००८ स्वामी लोकानन्द महाराजबाट वृद्धाश्रमका रुपमा विकास भैरहेको सो वन क्षेत्रमा वृहत वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा आदरणीय डिस्ट्रक चिप एड्भाइजर उमङ देवकोटा, लायन्स कलब बुटवल खसौलीका सस्थापक अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठ (डिस्ट्रीक डिपार्टमेन्ट यम जि यफ मेम्बर) पुर्ब अध्यक्ष लायन बाबुराम बोहरा (डिस्ट्रीक होनाररी एड्भाइजर ) पुर्ब अध्यक्ष लायन गोपाल पान्डे (डिस्ट्रीक ए.ओ.जि.) पुर्ब अध्यक्ष लायन ज्ञान बहादुर पुन (एरिया ४ कोषाध्यक्ष )अध्यक्ष लायन राजु पौडेल (जोन चियरप्रसन) पुर्ब अध्यक्ष लायन रितेश सिलवाल, लियो काउन्सिल का बिशिस्ट ब्याक्तत्व, लियो अध्यक्षहरु खसौली लायन्सका सदस्य र लियोका सदस्यहरु कार्यक्रममा वृक्षारोपण गरेका थिए ।

सोहीस्थानमा रहेको आश्रमलाई खाद्यान्न चामल, दाल, आलु, चिनी, हरियो साग सब्जी प्रदान गरिएको लायन क्लब अफ बुटवल खसौली का क्लब सर्भिस डाइरेक्टर तथा कार्यक्रमको संयोजक प्रेम प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ४३ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस