१६ भदौ २०८३, मंगलबार | September 1, 2026

प्रचण्ड भेट्न खुमलटार पुगे नेत्रबिक्रम चन्द ‘विप्लव’



काठमाडौं । बिभिन्न समयमा प्रहरीबाट पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको लबिङ गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकोमा धाईरहेका नेत्रबिक्रम चन्द ‘विप्लव’ सत्ता समिकरण परिवर्तन भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । आली सरकारसंग भएको सहमतिको कार्यान्वयनको माग गर्दै प्रचण्डसँग भेटवार्ता गर्न विप्लव खुमलटार पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र विप्लवबीच कार्यकर्ता रिहा तथा पूर्व सरकारसँग भएका सहमतिको कार्यान्वयनका सम्बन्धमा छलफल भएको स्रोतले दाबी गरेको छ । विप्लव समुह शान्ति प्रक्रियामा आउने शर्तमा थुनामा रहेका सो समुहका कार्यकर्ता रिहाई गर्ने लिखित सहमति पूर्व सरकारसँग भएपनि ओलीले पछिल्लो समय विप्लवसँग भएको सहमतिको बेवास्ता गर्दै आएका थिए ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । प्रचण्डलाई भेट्न नेता विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ५१ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र