१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मध्यरातमा लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य



बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट प्रदेशसभाबाट फेल हुने निश्चित भएपछि मध्यराती प्रदेशसभाको अधिवेशन अन्त्य गराएको छ । बजेटका सम्बन्धा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जानु अघि बहिस्कार गरेर प्रदेशसभाबा बाहिरिएका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौ अधिवेशनको अन्त्य गराएका छन् ।

चालु प्रदेशसभाको अधिवेशनमा बजेट प्रस्तुत भएपछि छलफलको प्रक्रिया पुरा गरेपछि बिहिबार सभामा सांसदहरुले उठाएका बिषयमा सम्बन्धित विभागिय मन्त्री सहित मुख्यमन्त्री पोखरेलले जवाफ दिएका थिए । मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सभामुख मार्फत थप छलफलका लागि समय समेत माग गरेका थिए । सभामुख पुर्ण घर्तीले छलफल गर्न विपक्षी सांसदहरुसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभाहलबाट बाहिरिएका थिए । मुख्यमन्त्री पोखरेल बाहिरिएसँगै सत्तापक्षका सबै सांसदहरु बैठक कक्ष छाडेर बाहिरिएपछि सभामुखले आढा घण्टाका लागि बैठक स्थगित गरेका थिए । सत्तापक्षको सदन बहिस्कार पछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेकोमा मुख्यमन्त्री पोखरेलले मध्यराती सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।

मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषदको बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भईआए अनुसार चालु आठौं अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभाको बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो। अधिवेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने निश्चित भएको छ ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएका बजेटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले असंसदीय र जालसाझी करार दिईसकेको अवस्थामा लुम्बिनी प्रदेशमा पनि संसद छलेर अध्यादेशबाट बजेट आउन लागेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ११ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै