२० बैशाख २०८१, बिहिबार | May 3, 2024

एमालेको स्थायी कमिटी र संसदीय दल बैठक बस्दै, के के छन् एजेण्डा ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शुक्रबार दुई वटा महत्वपूर्ण बैठक बोलाएको छ । बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक समेत डाकेको छ ।

एमाले स्थायी कमिटी बैठक ललितपुरको बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने भएको छ । सो बैठकमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले दिएको फैसला र पार्टीभित्रको विवादबारे दुई एजण्डामा छलफल हुने बताइएको छ ।

जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले असंवैधानिक भन्दै बदर गरेको छ भने संविधानको धारा ७६ (५) अनुसार सरकारमा दाबी पेश गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाउने राष्ट्रपतिको निर्णय समेत बदर गरेको छ । सर्वोच्चले असार २८ गते गरेको फैसलामा देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न राष्ट्रपतिलाई परमादेश, प्रतिनिधिसभा पुनर्स्थापना गर्दै साउन ३ भित्र संसद अधिवेशन बोलाउन आदेश र धारा ७६ (५) अनुसारको सरकार बनाउँदा सांसदहरुलाई ह्वीप नलाग्ने आदेश दिएपछि एमाले सत्ताच्युत हुन पुगेको छ ।

स्थायी कमिटी बैठकमा यसबारे पार्टीको आधिकारिक धारणा बनाइने बताइएको छ । अहिलेसम्म अध्यक्ष ओली र अन्य नेताहरुले पार्टीको आधिकारिक धारणा विना नै फैसलाबारे टिप्पणी गर्दै आएका छन् । ओली पक्षले फैसलाको चर्को आलोचना गरेको छ भने नेपाल पक्षले स्वागत गरेको छ ।

यसैगरी बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिमाथि समीक्षा हुनेछ । एमालेभित्र संस्थापन र माधव नेपाल समुहबीच पार्टी फुटको अवस्थासम्म विवाद उत्कर्षमा पुगेपछि दुवै समुहका दोस्रो तहका नेताहरुको प्रयासमा पार्टीलाई एकतावद्ध बनाउन १० बुँदे सहमति भएको थियो । तर, सर्वोच्च अदालतको फैसला प्रभावित गर्न सकिने हिसाबले फैसला आउनु अघिल्लै दिन रातारात सहमति गर्न बाध्य पार्ने ओली पक्ष र सहमतिलाई बार्गेनिङ पावर बढाउने अवसरको खोजीमा रहेको माधव नेपाल पक्षको आआफ्नै बुझाई रहेका कारण त्यो सहमति अलपत्र जस्तै परेको छ । अदालतको फैसलापछि झण्डै निस्किृय जस्तै बनेको सहमति अनुमोदन र कार्यान्वय गराउन दोस्रो तहका नेताहरुले पुनः प्रयास गरिरहेका छन् । यस विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

तर, बैठकमा नेपाल पक्षले उपस्थित हुने नहुनेबारे केही निर्णय गरेको छैन । नेपाल पक्षका दोस्रो तहका नेताहरुले आजका दुवै बैठकले एकता प्रयासलाई प्रभावित पार्न सक्ने भन्दै रोकेर थप आन्तरिक सहमति गरेपछि बैठक डाक्न ओली पक्षसँग आग्रह गरेका छन् । तर, यसअघि पटकपटक बैठक स्थगित हुँदै आएका कारण आजको बैठक स्थगित नहुने संस्थापन ओली पक्षको अडान रहेको छ ।

स्थायी कमिटी बैठक लगत्तै संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ । आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा सरकारको विरुद्ध दलको सशक्त उपस्थितिका लागि बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ४४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक