२४ बैशाख २०८१, सोमबार | May 6, 2024

जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईसँग नेकपा महासचिव चन्दको भेटवार्ता



काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दले राजनीतिक भेटघाटलाई तिब्रता दिइरहेका छन् ।

महासचिव चन्दले शुक्रबार बिहान जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

चन्दले अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर भट्राईलाई भेट्न उनको निवास टोखा पुगेका थिए । ओली सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएका चन्दले ओलीको सत्ताबाट बहिर्गमनलगत्तै आफ्ना युद्धकालका पूर्वसहकर्मीहरु र अन्य नेताहरुसँग भेट सुरु गरेका थिए । त्यसैक्रममा उनले दुई दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । बिहीबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका चन्दले आज भट्टराईसँग भेट गरेका हुन् । नेपालसँगको भेटमा प्रचण्ड समेत मिसिएका थिए ।

प्रचण्डसँगको भेटमा चन्दले माओवादी पृष्ठभूमिका दलहरुबीच एकताको प्रस्ताव गरेका थिए । कम्युनिष्ट शक्तिबीच एकताको वकालत गर्दै आएका प्रचण्डसँग चन्दले गरेको एकता प्रस्तावलाई पूर्व माओवादी घटकहरुले सकारात्मक रुपमा लिएका छन् । चन्दले आज युद्धकालदेखि २०७२ सम्म माओवादीको वरिष्ठ नेता रहँदै आएका डा. भट्राईसँग सम्वाद गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ०५ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच