१९ असार २०८३, शुक्रबार | July 3, 2026

जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईसँग नेकपा महासचिव चन्दको भेटवार्ता



काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दले राजनीतिक भेटघाटलाई तिब्रता दिइरहेका छन् ।

महासचिव चन्दले शुक्रबार बिहान जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

चन्दले अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर भट्राईलाई भेट्न उनको निवास टोखा पुगेका थिए । ओली सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएका चन्दले ओलीको सत्ताबाट बहिर्गमनलगत्तै आफ्ना युद्धकालका पूर्वसहकर्मीहरु र अन्य नेताहरुसँग भेट सुरु गरेका थिए । त्यसैक्रममा उनले दुई दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । बिहीबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका चन्दले आज भट्टराईसँग भेट गरेका हुन् । नेपालसँगको भेटमा प्रचण्ड समेत मिसिएका थिए ।

प्रचण्डसँगको भेटमा चन्दले माओवादी पृष्ठभूमिका दलहरुबीच एकताको प्रस्ताव गरेका थिए । कम्युनिष्ट शक्तिबीच एकताको वकालत गर्दै आएका प्रचण्डसँग चन्दले गरेको एकता प्रस्तावलाई पूर्व माओवादी घटकहरुले सकारात्मक रुपमा लिएका छन् । चन्दले आज युद्धकालदेखि २०७२ सम्म माओवादीको वरिष्ठ नेता रहँदै आएका डा. भट्राईसँग सम्वाद गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ०५ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०