१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एमाले स्थायी कमिटी बैठक : परमादेशबाट जनताको सरकार ढालिएको अध्यक्ष ओलीको आरोप



 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।

ललितपुरको बालकुमारी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बासिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु सहभागी छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक परमादेशको नाममा पार्टीलाई सरकारबाट हटाइएको आरोप लगाए । अध्यक्ष ओलीले अदालतले आफुहरुमाथि अन्याय गरेको बताउँदै पार्टीले अब सशक्त प्रतिपक्षको भूमिका खेल्ने स्पष्ट पारे ।

ओलीले परमादेशबाट हटाइएपनि जनादेश आफ्नो पक्षमै भएको दाबी गरे । उनले अब जनतामा गएर पुनः समर्थन प्राप्त गर्ने बताए । उनले अबको पार्टीको कार्यदिशा संगठन निर्माण र संघर्ष भएको बताए ।

सत्तारुढ दलबाट तीनवर्षपछि प्रमुख प्रतिपक्षी दलमा पुगेपछि एमालेको स्थायी कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । यसअघि सबै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

बैठकमा सर्वोच्च अदालतको फैसला, पार्टीको सांगठानिक काम र पार्टी एकता कार्यदलले पेश गरेको १० बुँदे सहमति लगायतका एजेण्डामाथि छलफल हुँदैछ ।

अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत उनी निकट नेताहरुले सर्वोच्च अदालतको फैसलाको चर्को विरोध गरेका छन् । तर, माधवकुमार नेपाल पक्षधर नेताहरुले भने फैसलाको स्वागत गरेका छन् ।

बैठकमा भाग लिन नेपाल पक्षका सबै नेताहरुलाई पनि सूचना पठाएपनि उनी निकट नेताहरु उपस्थित भएका छैनन् । तर नेपाल पक्षबाट विवाद समाधान कार्यदलमा रहेका नेताहरु भने बैठकस्थल पुगेर सहमतिका लागि अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले बैठक सार्न अस्वीकार गरेपछि नेपाल पक्षीय नेताहरु अनुपस्थित भएका हुन् ।

असार १८ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको स्थायी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुरयाएको थियो । जसअनुसार माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका केही नेताहरु एवं पछि मनोमित नेताहरु गरी स्थायी कमिटी ३३ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : १६ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी