१९ असार २०८३, शुक्रबार | July 3, 2026

ओलीको दाबी : एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र हुनसक्छ 



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने दाबी गरेका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं संसदीय दलका नेता ओलीले पार्टी फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र हुनसक्ने दाबी गरेका हुन् । ओलीले अहिले अदालतले बोलाएको संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत पार्टी फुटाउने विश्लेषण गरे । उनले भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’

सर्वोच्च अदालतमा इजलास गठन हुने बेलादेखि नै षड्यन्त्र सुरु भएको दाबी गर्दै ओलीले भने ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो । अदालतको त्यो फैसलामा हाम्रो सहमति छैन । तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं ।’ उनले सर्वोच्च अदालतले कीर्ते कागजलाई मान्यता दिएर असंंवैधानिक काम गरेको दाबी गरे । उनले भने ‘अदालतले किर्ते कागजलाई मान्यता दियो, अल्पमतलाई सरकार बनाउन परमादेश दियो । दलीय संरचना समाप्त गर्ने आधार तयार गर्‍यो। ह्वीप नलाग्ने, ह्वीप उल्ल्घन गरे कारबाही गर्न नपाइने। मागै नभएको महाअभियोगमा पनि ह्वीप नलगाउने फैसला किन आयो ? ’

ओलीले देउवाले आर्थिक चलखेलमा मन्त्रीहरु बनाउन लागेको दाबी गरे । उनले सरकारलाई जनहित विरुद्ध काम गर्न नदिने चेतावनी दिए । संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउँदै ओलीले देउलाई समर्थन गर्न नसकिने प्रष्ट पारे । सरकारलाई समर्थन

ओलीले सांसदहरुलाई संसदमा सशक्त ढंगले प्रस्तुत हुन निर्देशन दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ३५ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०