२ कार्तिक २०८३, सोमबार | October 19, 2026

महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीका लागि प्रशिक्षण प्रारम्भ गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत र अनिता केसी रहेका छन् ।

यस्तै गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हिरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

यसैगरी विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको एन्फाले जनाएको छ ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्ने छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४१ बजे

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

न्धुपाल्चोक । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको