६ श्रावण २०८३, बुधबार | July 22, 2026

काठमाडौं उपत्यकामा संक्रमण बढ्दै



काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ ।

एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिनदेखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन् । बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।

निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ ।

बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए । लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ । ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने ।

लक्षणविहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ । मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणमदर ठूलो संख्या रहेको अधिकारीले बताए ।

उपत्यकामा संक्रमण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.अनुप बाँस्तोलाले बताए । बाँस्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षणसहितका बिरामी अस्पताल पुगेका छन् । आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : ४७ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क