१६ बैशाख २०८१, आइतबार | April 29, 2024

बुटवलमा थपिँदै हाइपर मार्टको संख्या, शनिबारबाट नमस्ते हाइपर मार्टले कारोबर शुरु गर्ने



बुटवल । मार्ट संस्कृतिको विकास भएसँगै बुटवलमा धमाधम मार्टहरु खुल्न थालेका छन् । सानासाना ग्रोसरी मार्टमा सिमित रहेको बुटवलमा भाटभटेनी सुपर मार्केट खुले लगत्तै धमाधम मार्टहरु खुल्न थालेका हुन् ।

मार्टमा खरिद गर्ने उपभोक्ताहरुको चाहानालाई ध्यानमा राख्दै बुटवलमा नमस्ते हाइपर मार्ट थपिन थालेको छ । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा नमस्ते हाइपर मार्ट थपिन थालेको हो । ग्रोसरी, एग्रो सहित बहु उद्देश्य सहितको हाईपर मार्ट खुल्ने तयारी अन्तिम चरणमा पुगेको आज बुटवलमा पत्रकार सम्मेल मार्फत जानकारी दिईएको छ । बुटवल–११ कालिकानगर(जोगीकुटी–बसपार्क सडक) मा संचालन हुने नमस्ते हाइपर मार्टमा कृषकहरुको संयुक्त लगानी रहेको बताईएको छ । यस अघि रुपन्देहीकै सैनामैनामा सञ्चालित बुद्धनगर एग्रो फार्म लि. (बा फार्म) कै नाममा दर्ता गरी मार्टको स्थापना गरिएको सञ्चालकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ‘बा एग्रो फार्मका’का अध्यक्ष कुल बहादुर केसीले कुल बहादुर केसीले कृषकहरुको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवर्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए ।

उनले मार्टमा तीन करोड बढी लगानी रहेको बताउँदै आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । ‘कृषकलाई सहभागी गराई कृषि उत्पादन बढाउने र सबै किसिमका उत्पादनलाई बढाउने उद्देश्यले नयाँ सोँचका अनुसार मार्टको स्थापना गरेका हौं ।’ उनले भने ।

हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए ।

मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए ।

त्यसैगरी नमस्ते हाइपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छाना मुनी कृषिजन्य,दैनिक उपभोग्य लगाएत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाइपर मार्ट पनि ‘बा एग्रो मार्ट’सँगै स्थपना गरेको बताए ।

कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले जानकारी दिए । दुबै मार्टको आगामी शनिबार बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी,बुटवलका उद्योगी रव्यवसायी संस्थाका प्रमुख लगाएतले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

बुटवलमा यस अघि एग्राे क्षेत्रमा पैचाे पसल र हरियाे तरकारी तथा अन्यमा अन्नपूर्ण हाइपर मार्ट संचालनमा रहेकाे छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ११ : ०० बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क