६ भदौ २०८३, शनिबार | August 22, 2026

प्राध्यापक सूर्य सुवेदीद्वारा नेपाल ल क्याम्पसलाई पुस्तक र नगद सहयोग घोषणा



लण्डन । बेलायतमा अध्यापनरत प्राध्यापक डाक्टर सूर्यप्रसाद सुवेदीले नेपाल ल क्याम्पसलाई पुस्तक र १ लाख नगद सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आएका प्राडा सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि सङ्ग्रह गरिएका अन्तर्राष्ट्रिय कानून र मानवअधिकारसम्बन्धी पुस्तकसहित दश लाख रुपैयाँ नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका हुन् ।

बेलायतको हल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीमा प्रथम हुनाका साथै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधिको उपाधि हासिल गरेका सुवेदीले अध्ययन तथा प्राध्यापनका क्रममा सङ्कलन गरेका र आफैद्वारा प्रकाशित पुस्तक सुवेदी आफैले कानूनमा स्नातक गरेको उक्त क्याम्पसलाई दिने निधो गरेका हुन्। उनले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जानकारी दिए ।

लिड्स, लण्डन र अक्सफोर्डलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका प्रा सुवेदीको निजी सङ्कलनमा रहेका अन्तर्राष्ट्रियस्तरका यस्ता ग्रन्थले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने भएका छन् । सुवेदीले प्रदान गर्ने दश लाख रुपैयाँ नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक ब्याजबाट प्रत्येक वर्ष उक्त क्याम्पसको पुस्तकालयमा नयाँ–नयाँ ग्रन्थ थप्दै जाने व्यवस्था पनि गरिएको छ । प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै क्याम्पस पधाधिकारीले प्राडा सुवेदीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : ०१ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र