१६ बैशाख २०८१, आइतबार | April 28, 2024

अध्यक्ष यादवले बोलाए जसपा कार्यकारिणी समिति बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले आजै दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी पार्टीको कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।

अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगबाट आधिकारिकता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा अब पार्टीको संगठनात्मक अवस्था र सरकारमा सहभागीताबारे छलफल हुने बताइएको छ ।

अब, जसपामा उपेन्द्र यादव शक्तिशाली भएका छन् । अर्का अध्यक्ष ठाकुरसहित उनको पक्षमा हस्ताक्षर गरेका १६ जना सदस्यलाई के गर्ने भन्ने विषयमा कार्यकारिणी समिति बैठकमा छलफल हुने भएको छ । यस्तै, पार्टीको संसदीय दलको विधानबारे पनि छलफल हुनेछ ।

निर्वाचन आयोगले सोमबार मात्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेको थियो । कार्यकारिणीमा ३४ जना सदस्यहरुले यादव पक्षमा सनाखत गरेका थिए । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा भने जम्मा १६ जनाले सनाखत गरेको थिए । यस्तै जेलमा रहेका रेशम चौधरी तटस्थ बसेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : २४ बजे

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क