१ पुस २०८२, मंगलबार | December 16, 2025

७ वटै प्रदेश प्रमुख हटाउने तयारीमा सरकार, पहिलो चरणमा गण्डकी, प्रदेश २ र लुम्बिनीका प्रमुख हटाइँदै



काठमाडौं । सरकारले ७ वटै प्रदेशको प्रदेश प्रमुखहरु परिवर्तन गर्ने अभ्यास शुरु गरेको छ । सत्ता पक्षीय गठबन्धनको सुझाव र प्रदेशका सत्ता पक्षीय पार्टीहरुको मागलाई ध्यानमा राख्दै प्रदेशका प्रमुख परिवर्तन गर्ने तयारी गरेको सत्ता निकट उच्च स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सत्तारुढ गठबन्धन भित्र दलगत भागवण्डा समेत मिलिसकेको र सम्भवत आज बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गर्ने छ ।

पहिलो चरणमा प्रदेश नम्बर २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउने र अर्को चरणमा बाँकी प्रदेशका प्रदेश प्रमुखहरुका बिषयमा निर्णय गर्ने सहमति भएको बताईएको छ । प्रदेश सरकारबाट प्रदेश प्रमुखहरुको दुरुपयोग भएको र ओली सरकारले पुर्वाग्रह राखेर परिवर्तन गरिएका ३ प्रदेशका प्रदेश प्रमुखहरुलाई पहिलो चरणमा हटाउने सरकारको तयारी रहेको सत्तापक्षीय गठबन्धनका एक नेताले पुष्टि गरेका छन् ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय हुन सक्ने ती नेताले बताए । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक ३ बजेका लागि बोलाएका छन् ।

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिईन् । तीनै जना प्रदेश प्रमुखहरुको क्रियाकलाप निश्पक्ष नभएको र दलगत स्वार्थका आधारमा काम गरेको सत्ता पक्षको ठहर छ ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश २ मा डा.राजेश झा अहिराज, बागमती प्रदेशमा विष्णु प्रसाई, गण्डकीमा सीता कुमारी पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ५४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा