३० चैत्र २०८२, सोमबार | April 13, 2026

संसदीय दलको नेता चयन गर्न जसपाले बनायो निर्वाचन समिति



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ ।

जसपाको आज बसेको कार्यकारिणी समिति बैठकले दलको विधानलाई पारित गर्दै नेता चयनका लागि प्रक्रिया सुरु गरेको हो ।

दलको नेता चयनका गर्न जसपाले ३ सदस्यीय निर्वाचन समिति गठन गरेको नेता मोहम्मद इस्तियाक राईले बताएका छन् । नवराज सुवेदी संयोजक रहेको समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहेका छन् ।

बैठकले निर्वाचन आयोग र अदालतमा रहेका मुद्दा मामिला हेर्ने जिम्मा प्रकाश अधिकारीलाई तोकेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि जसपाको आज कार्यकारिणी बैठक बसेको हो । बैठकमा ३४ जना कार्यकारिणी सदस्यहरु उपस्थित भएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ४९ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि