२० बैशाख २०८१, बिहिबार | May 3, 2024

विश्वासको मत लिने तयारीमा लुम्बिनी प्रदेश सरकार, प्रदेश प्रमुख परिवर्तनले सरकारलाई केही फरक नपर्ने सरकारको भनाई



बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारले छिट्टै संसदबाट विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् । सरकारको निर्णयहरु सार्वजानिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता चौधरीले विपक्षी गठबन्धनबाट बैधानिकताका सम्बन्धमा धेरै प्रश्न उठान भएका कारण मुख्यमन्त्री शंकर पोखरेलले छिट्टै विश्वासको मत लिने तयारी भएको बताए ।

मुख्यमन्त्रीमा नियुक्त हुँदा एमालेको एकल मतका आधारमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले सरकारलाई थप बलियो बनाउने भन्दै अर्को दललाई पनि सरकारमा सहभागी बनाएपछि उनलाई विश्वासको मत लिन दवाव परेको हो । यद्देपी उनले एमालेको एक बहुमत देखाउन प्रस्तुत गरेको दाबी पत्रमा किर्ते हस्ताक्षर गरिएको विपक्षी गठबन्धनको आरोप छ । उनले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेको अघिल्लो दिनमै २ जना एमाले सांसदले राजीनामा दिएको र एकजना सांसदले माओवादी केन्द्र रोजेका कारण पोखरेलको दाबी झठो भएको विपक्षीको आरोप छ ।

विपक्षीले बैधानिकताको प्रश्न लगातार उठाएपनि मुख्यमन्त्री पोखरेलले भने बेवास्ता गर्दै आएका छन् । उनले यस अघि अल्पमतमा परेको दिन एक मिनट पनि सरकारमा नबस्ने घोषणा समेत गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता चौधरीले छिट्टै सरकारले विश्वासको मत लिने र मत पाए सरकार चलाउने नपाए छोडिदिने बताए ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रवक्ता चौधरीले जनता समाजवादी पार्टीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने दाबी गरे । चौधरीले संघीयतामा प्रदेशले संघकै संरचना मान्नु पर्ने आवश्यक नरहेको बताउँदै फरक संरचना पनि बनाउन सकिने बताए । उनले जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर नगर्ने पनि बताए ।

वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए । तर त्यस अघि नै दुईजना एमाले सांसदको राजीनामा र १ जनाले माओवादी केन्द्र रोजेका कारण पोखरेलको सपथ अवैध भएको विपक्षीको दाबी रहँदै आएको छ । सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्दनमा पनि ४१ सदस्य नै छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : ५६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक