२१ माघ २०८२, बुधबार | February 5, 2026

लुम्बिनी प्रदेश सरकारका ३ मन्त्रीलाई जसपाद्वारा पुनः कारवाही



काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभामा जसपाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरिएको कार्यकारिणी सदस्य मोहम्मद इस्तयाक राइले जानकारी दिए ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो, तर उनीहरुले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा पुनर्वाहालीको अन्तरिम आदेशबाट उनीहरुको प्रदेशसभा सदस्य पद कायम रहेको थियो । तत्कालै जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो ।

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै उनीहरुलाई जसपाले फेरि कारबाही गरेको हो ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । सुमन शर्मा रायमाझी मुलधारमा फर्केका कारण उनलाई कारवाही नगरिएको नेता राइले बताए ।

केन्द्रीय सदस्य राइका अनुसार मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गर्दै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : १० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता