२० असार २०८३, शनिबार | July 4, 2026

रेशम चौधरीले पनि महन्तको साथ छाडे, आधिकारिक जसपामा रहेको जानकारी



काठमाडौं । जनता समाजवादी पार्टीका पूर्व अध्यक्ष महन्त ठाकुर पक्षले आफ्नो कित्तामा गणना गर्दै आएका रशम चौधरीले आफु आधिकारिक जसपामा रहेको बताएका छन् । जसपाको आधिकारिकता विवाद समाधान भएसँगै बन्दी जीवन बिताईरहेका नेता चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका हुन् ।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडालाई फोन गरेर चौधरीले आफु आधिकारिक जसपामा रहेको बताएको खतिवडले सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन् । निर्वाचन आयोगले दुई दिनअघि गरेको सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोनमार्फत आफू आधिकारिक पक्षमा रहेको खतिवडाको दाबी छ ।

“माननीय रेशम चौधरीले फोन वार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताविक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।”प्रवक्ता खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन् ।

कैलालीबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित चौधरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भइ डिल्लिबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : ०६ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै