१ पुस २०८२, मंगलबार | December 16, 2025

रेशम चौधरीले पनि महन्तको साथ छाडे, आधिकारिक जसपामा रहेको जानकारी



काठमाडौं । जनता समाजवादी पार्टीका पूर्व अध्यक्ष महन्त ठाकुर पक्षले आफ्नो कित्तामा गणना गर्दै आएका रशम चौधरीले आफु आधिकारिक जसपामा रहेको बताएका छन् । जसपाको आधिकारिकता विवाद समाधान भएसँगै बन्दी जीवन बिताईरहेका नेता चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका हुन् ।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडालाई फोन गरेर चौधरीले आफु आधिकारिक जसपामा रहेको बताएको खतिवडले सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन् । निर्वाचन आयोगले दुई दिनअघि गरेको सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोनमार्फत आफू आधिकारिक पक्षमा रहेको खतिवडाको दाबी छ ।

“माननीय रेशम चौधरीले फोन वार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताविक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।”प्रवक्ता खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन् ।

कैलालीबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित चौधरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भइ डिल्लिबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज