२० असार २०८३, शनिबार | July 4, 2026

कोटेश्वर पुगेर माधव नेपाल भेटे प्रचण्डले



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटवार्तामा प्रचण्डले नेता नेपाललाई मन्त्रिपरिषद् विस्तार गरिहाल्नु पर्ने भएका कारण आफ्नो समुहको धारणा दिन आग्रह गरेका छन् ।

एमालेको नेपाल पक्षभित्र सरकारमा सहभागी हुने र नहुनेबीच छलफल चलिरहेको छ । पार्टीभित्रै एकता प्रक्रिया चलिरहेका कारण अहिलेकै अवस्था र हैसियतमा नेपाल पक्ष सरकारमा सहभागी हुन कानूनी रुपमा अप्ठेरो रहेको छ । तर, सांसदहरुबाहेक नेपाल निकट अन्य व्यक्तिहरुलाई भएपनि सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धनले आग्रह गरिरहेको छ ।

प्रचण्डले आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । सत्तारुढ गठबन्धनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्न चाहेको छ ।

दलहरुबीच मन्त्रालयको संख्याको भागवण्डा समेत मिलिसकेको बताइएको छ । जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्र र जसपाले ७ मन्त्रालय पाउने सहमति गरिएको बुझिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : ०७ बजे

अष्ट्रेलियालाई पेनाल्टीमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले इतिहास रच्दै पहिलोपटक

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित