३० भदौ २०८३, मंगलबार | September 15, 2026

जसपाद्वारा ३ जना प्रदेशसभा सदस्यलाई निस्काशसनको पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा दर्ता



बुटवल । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभामा रहेका आफ्ना तीन जना सदस्यलाई निस्काशन गरेको पत्र प्रदेशसभामा दर्ता गरेको छ ।

जसपा कार्यकारिणी समितिको बैठकले पार्टीको अनुशासन उल्लंघन गरेको अभियोमा तीन जना प्रदेशसभा सदस्यलाई निस्काशन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको हो । जसपा प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले हस्ताक्षर गरको पत्रमा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई निश्कासन गरेको जानकारी गराइएको छ ।

जसपाले निस्काशन गरिएको पत्रसँगै गत असार ३ गतेको कार्यकारिणी समिति बैठकको निर्णय र प्रदेशसभा सदस्यहरुलाई सोधेको स्पष्टीकरण पत्रको प्रतिलिपि, साउन १२ गतेको कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि र असार ५ गते पार्टीको आधिकारिक इमेल र ६ गते हुलाकबाट पठाइएको पत्रको प्रतिलिपि पनि प्रदेशसभा सचिवालयलार्य उपलब्ध गराएको छ ।

जसपाको महन्थ ठाकुर पक्षमा रहेका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले सरकारबाटै राजीनामा दिएर पार्टीको निर्देशन अनुसार चल्ने प्रतिवद्धता जनाएका कारण उनलाई कारवाही गरिएको छैन । पाण्डेय, यादव र पाण्डे हाल शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका छन् ।

लुम्बिनीका विपक्षी दलहरुले पोखरेल सरकार अल्पमतमा रहेको भन्दै तत्काल राजीनामा दिन या विश्वासको मत लिन चुनौती दिइरहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : २८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ