२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पदबहाली गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने – संविधानभन्दा माथि कोही छैन



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले संविधान भन्दा माथि कोही नभएको बताएका छन् ।

शुक्रबा बुटवलमा पदबहाल गर्दै प्रदेशप्रमुख शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर कोही पनि नरहेको बताएका हुन् । शेरचनले आफुले आफुले पनि त्यहिँभित्र बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सरकारको सिफारिस र राष्ट्रपतिको नियुक्ति पाएर लुम्बिनी प्रदेश आउने मौका पाएको बताउँदै शेरचनले कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन नहुने जिकिर गरे । उनले शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता जनाए । उनले विवादित काम नगर्ने प्रतिवद्धता समेत जनाए ।

प्रदेश प्रमुख शेरचनले आफुले कहिल्यै कसैसँग पद नमागेको स्पष्ट पारे । गण्डकीका पूर्व प्रदेशप्रमुख भएका शेरचनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गरेकी थिइन । सो अवस्थाबारे स्मरण गर्दै शेरचनले यतिबेला पुनः आवश्कताले आफुलाई लुम्बिनीमा पठाइएको जिकिर गरे ।

शेरचनले नेताको कर्तव्य जनताको समस्या र उनीहरूको दुःखमा साथ दिनु भएको बताए । उनले संघीय व्यवस्था नेपालको हकमा नयाँ भएको बताउँदै तीन तहको व्यवस्था नौलो अभ्यास भएको जिकिर गरे ।

राष्ट्रले प्रकृतिले दिएको सम्पदालाई उपयोग गर्न सकेको छैन । लुम्बिनी प्रदेशमा रहेका प्राकृति सम्पदाको संरक्षण र संवद्र्धन गर्नुपर्ने धारणा राखे । कालीगण्डकी नदीको बहावलाई कम हुन नदिई तल्लो तटीय क्षेत्रका जनतालाई सिंचाईंको प्रबन्ध गर्नसके राम्रो हुने उनले बताए ।

प्रदेश प्रमुख शेरचनले कुनै बेला फलाम तामा निर्यात गर्ने नेपालको खानी बन्द रहेको भन्दै दुःख व्यक्त गरे । उनले नेपालमै रहेको युरोनियमको भण्डारलाई उपयोग गर्न नसकेको बताए । कैयौं सन्धि र अभिसन्धिहरूले विकासमा अवरोध गरेको बताउँदै उनले त्यसलाई राष्ट«को अनुकुल बनाएर सदुपयोग गर्न सक्नु पर्ने धारणा राखे ।

प्रदेशप्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १२ : २७ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा