२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पोखरामा ‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता आयोजना



पोखरा । ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ राजदूतावासको आयोजना तथा नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रतियोगिता गरिएको हो ।

कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीले भाग लिएका प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कूलकी सिन्जल पुन पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो, कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले उनीहरूलाई क्रमशः रु दश हजार, रु आठ हजार र रु छ हजार प्रदान गर्दै चित्रकलाकै माध्यमबाट पनि गुजारा चलाउन सकिने भएकाले यसलाई सोखको रुपमा मात्रै नलिए पेशा नै बनाउन सकिने बताए ।

प्रतियोगी अध्ययनरत विद्यालयलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए। चीनले जनस्तरमै सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको र विद्यार्थीहरू कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल होउन् भन्ने उद्देश्यले ती सामग्री उपलब्ध गराइएको बताताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ४६ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ