३ आश्विन २०८३, शनिबार | September 19, 2026

पोखरामा ‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता आयोजना



पोखरा । ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ राजदूतावासको आयोजना तथा नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रतियोगिता गरिएको हो ।

कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीले भाग लिएका प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कूलकी सिन्जल पुन पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो, कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले उनीहरूलाई क्रमशः रु दश हजार, रु आठ हजार र रु छ हजार प्रदान गर्दै चित्रकलाकै माध्यमबाट पनि गुजारा चलाउन सकिने भएकाले यसलाई सोखको रुपमा मात्रै नलिए पेशा नै बनाउन सकिने बताए ।

प्रतियोगी अध्ययनरत विद्यालयलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए। चीनले जनस्तरमै सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको र विद्यार्थीहरू कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल होउन् भन्ने उद्देश्यले ती सामग्री उपलब्ध गराइएको बताताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ४६ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय