१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

दाम्लोले बाँधेर जनता कुट्ने वडाअध्यक्ष प्रहरीबाट पक्राउ



जाजरकोट । दाम्लोले बाँधेर स्थानीय युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडा अध्यक्ष रामबहादुर नेपालीलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।

‘टाढा भएका कारण इलाका प्रहरीहरु मार्फत ठाँउसारी गर्दै उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ’ प्रहरी निरिक्षक पाण्डे भने । प्रहरीका अनुसार प्रहरीले पीडित युवालाई पनि जिल्लामा बोलाएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।

स्थानीयलाई कुटेको भिडियोका आधारमा र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाइने बताईएको छ ।

“हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौँ, पीडितले जाहेरी नदिएपनि कानुन बमोजिम कारबाही हुन्छ,” उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ११ : ४९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’