६ श्रावण २०८३, बुधबार | July 22, 2026

घुस अस्वीकार गर्ने ३६ जना ट्राफिकलाई महानगरीय ट्राफिकको सम्मान



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको छ ।

सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएको छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न माहाशाखाले जारी गरेको निर्देशन पालना गर्दै घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एव सम्मान गरिएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्उने प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्न सम्मान र पुरस्कृत गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । ‘त्यस्ता खराव प्रबृत्ति बोकेका, घुस दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लगिने छ ।’ एसएसपी भट्टराईले भने ।

नगद सहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक शंकर खड्का सहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन । त्यस्तै प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, सम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बि।क।, प्रकाश थापा, प्रज्ञान के।सी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले खादा ओढायर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ३८ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको