२१ असार २०८३, आइतबार | July 5, 2026

काङ्ग्रेस महाधिवेशन मंसिर सम्ममा : महामन्त्री कोइराला



कावासाेती । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर सम्ममा हुने बताएका छन् ।

शुक्रबारको नवलपुरकाे एक कार्यक्रममा बाेल्दै  महामन्त्री कोइरालाले भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका हुन ।

गाउँ, नगर, केन्द्र र जिल्लाको अधिवेशन सम्पन्न गरेर महाधिवेशन गर्दा मंसिर सम्मको समय लाग्ने कोइरालाको भनाइ थियो ।

कोइरालाले अबको महाधिवेशन एकताको महाधिवेशन हुने र यो महाधिवेशनले गुटउपगुट भत्काएर काङ्ग्रेसलाई फेरि पनि एक नम्बरको पार्टी बनाउने दिशामा अगाडि बढाउने बताएका हुन् ।

आज कोइराला प्रजातान्त्रका सेनानी स्व. खुसीलाल पाण्डे र उनकी धर्मपत्नी सुमित्रा पाण्डेको स्मृतिमा स्थापना गरिएको खुसु फाउन्डेसनको उदघाटन गर्न जिल्ला आइपुगेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ३९ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा