२० असार २०८३, शनिबार | July 4, 2026

कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए आफु निकट केन्द्रीय सदस्यको भेला



काठमाडौं । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।

भदौमा हुने भनिएको महाधिवेशन अन्यौलमा परेपछि नयाँ रणनीति बनाउन पौडेलले निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन् ।

आज दिउँसो ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने भेलामा महाधिवेशन स्थगित भएको अवस्थामा कस्तो रणनीतिमा अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । भेलामा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान गर्न नसकेका कारण भदौ १६देखि १९ सम्म हुने भनेको १४औं महाधिवेशन नै अन्यौलमा परेको छ । महाधिवेशन अन्यौलमा पर्दा पार्टीको वैधानिकता नै समाप्त हुने भन्दै कांग्रेसवृत्तमा चिन्ता थपिएको छ । पौडेल पक्षले समयमै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ ।

महाधिवेशनको अन्यौलताबारे छलफल गर्नैका लागि कांग्रेसले यही साउन २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : ३५ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली