२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नमूना राजधानीको सपना अधुरै छाडनुपरेकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दुःखी



बुटवल । पदबाट राजीनामा दिएका लुमिबनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानीलाई नमूना बनाउने आफ्नो सपना अधुरै छाड्नु परेको बताएका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएलगतै मन्त्रालयका सचिवहरूसँगको भेटघाट गरेका पोखरेलले अधुरो सपना छाडेर बाहिरिनुपरेको दुखेसो गरे ।

उनले प्रदेशमा आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी बनाएको स्पष्ट पारे । उनले आउने सरकारलाई राजधानीलाई नमुना बनाउने कार्यमा सहयोग गर्न सचिवहरुलाई आग्रह पनि गरे । गत असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रका लागि पारित भएको थियो ।

‘अब आउने नेतृत्वलाई नमूना राजधानीबारे केही भन्नुहोला’ पोखरेलले भने, ‘यो काम अधुरै छाड्नुप¥यो । अब आउने सरकारलाई आफुले शुरू गरेका योजनालाई अघि बढाउन सहयोग गर्नुहोस ।’ उनले आफ्नो नेतृत्वको प्रदेश सरकारले लेखिने र देखिने गरी विकास निर्माण र संरचनाका बनाउने काम गरेको दाबी गर्दै सरकारले थुप्रै नयाँ काम गरेको उल्लेख गरे ।

पोखरेलले राजीनामा दिएसँगै लुम्बिनीमा माओवादी केन्द्रका नेता कूलप्रसाद केसीको नेतृत्वमा नयाँ प्रदेश सरकार बन्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : १० बजे

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि