२४ बैशाख २०८१, सोमबार | May 6, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्विकृत



file photo

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिकालाई छल्दै उनले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए । यस अघि बैशाख १९ गते पनि उनीमाथि अविश्वासको प्रस्तावमाथि छलफल हुने दिनकै बिहान राजीनामा दिएर पुनः नियुक्ति लिएका थिए ।

मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अर्को मन्त्रिपरिषद गठन नहुँदा सम्म पोखरेल नेतृत्वकै मन्त्रिपरिषदबाट कार्यभार सम्हाल्ने गरि प्रदेश प्रमुखले तोकेको प्रदेश प्रमुख कार्यालयले प्रकाशित विज्ञप्तिमा उल्लेख छ । प्रदेश प्रमुखको कार्यालयले सोही ब्यहोराको पत्र प्रदेशसभामा पनि पठाएको छ ।

एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । गत वैशाखदेखि विपक्षी गठबन्धनले शंकर पोखरेललाई हटाउनका लागि दवाव दिँदै आएका थिए । विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : २७ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र