३२ असार २०८३, बिहिबार | July 17, 2026

कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढ्यो



कर्णाली । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सक्रिय सङ्ख्या ह्वात्तै बढेर आज ९३२ पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा कोभिड-१९ को सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो ।

प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपश्चात् बढेको मानव आवतजावतले सङ्क्रमण दर माथि उक्लेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा रविन खड्का अनुसार कर्णालीमा आजमात्र ६५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छैसटी जनामा गरिएको आरटी पिसिआर परीक्षणका क्रममा २७ र १९७ मा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३८ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

“आज ६५ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस सङ्क्रमणबाट ३१ हजार १६५ सङ्क्रमित भएका छन्”, उनले भने, “पछिल्लो तथ्याङ्क नियाल्दा कर्णालीको सुर्खेतमा कोरोना सङ्क्रमण दर बढेको देखिन्छ ।”

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ ले कोरोना जितेर घर फर्केका छन् । कोरोना सङ्क्रमणबाट कर्णालीमा हालसम्म ३५६ ले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ०५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना